
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।
पार्टीका शीर्ष नेतृत्वबीच आज बिहान भएको छलफलमा यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई यसपटक सूचीमा समावेश नगरि सबै नयाँ अनुहार पठाउने निर्णय भएको हो । निर्वाचन आयोगका अनुसार आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन हो । जसमा दलहरुले ११० जनाको बन्दसूची आयोगमा बुझाउनुपर्ने व्यवस्था छ ।
०७९ सालको निर्वाचनमा माओवादीबाट समानुपातिक प्रणालीबाट १४ जना उम्मेदवार बिजयी भएका थिए । त्यसैगरि एमालेबाट ३४, कांग्रेसले ३२, रास्वपाले ८, राप्रपाले ७ सिट जितेका थिए ।














