
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका उनी आज सिंहदरबारस्थित आयोगको कार्यालयमा बयान दिन उपस्थित भएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए । आन्दोलनको पहिलो दिन नै १२ जना युवा मारिएपछि उनले सोही रात राजीनामा दिएका थिए ।












