काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमले फेरि चुनाव लड्ने भएका छन् । नेकपा बर्दियाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार सिफारिस गर्दा वामदेवको नाम १ नम्बरमा राखेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ प्रत्यक्षतर्फ नेता वामदेव गौतम र अर्का नेता शक्तिबहादुर बस्नेतको पनि नाम छ ।
२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री एवम् तत्कालीन एमाले नेता गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले ७५३ मतले हराएका थिए ।
सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए । त्यसअघि नै २०७७ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनीत भएका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन् ।
तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।












