Logo
Logo

रास्वपाको समानुपातिक मतदानमा रमेश प्रसाईँलाई सर्वाधिक मत


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको समानुपातिक प्राइमरी निर्वाचनमा १० हजारभन्दा बढी मत प्राप्त गरेका उम्मेदवारको सूची सार्वजनिक गरिएको छ ।

The current image has no alternative text. The file name is: ramesh-1.jpg

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पार्टीको समानुपातिक सूचीतर्फ सबैभन्दा धेरै मत रमेश प्रसाईँले १८ हजार २२३ मत प्राप्त गरेका छन् । त्यस्तै टासी लोजोमले आदिवासी जनजातिअन्तर्गत तेस्रो नम्बरमा सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् । लोजोमले १३ हजार ७२ मत पाएकी छन् । आदिवासी जनजाति महिलातर्फ सबैभन्दा धेरै मत बढी गायिका सत्यकला राईले १४ हजार २०१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा उम्मेदवार बनेर पराजित मिलन लिम्बूले १३ हजार ५९ मत प्राप्त गरेका छन् । त्यस्तै दलिततर्फ विजय जैरुले सबैभन्दा धेरै १३ हजार १४३ मत पाएका छन् भने खसआर्यतर्फको सूचीमा प्रसाईंपछि प्रमोद न्यौपानेले १४ हजार १६७ मत प्राप्त गरेका छन् । खसआर्यको महिलातर्फ रञ्जु दर्शनाले सबैभन्दा धेरै १३ हजार ५५१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै टीका संग्रौला (ज्वाला) ले १३ हजार १०६, लिमा अधिकारी (आचार्य) ले १२ हजार ७६०, समीक्षा बास्कोटाले १२ हजार ४६० मत पाएका छन् । त्यसैगरी विपीनकुमार आचार्यले १२ हजार २४५, क्रान्तिशिखा धितालले  ११ हजार ७८१, प्रतिभा रावलले ११ हजार ७२१ मत प्राप्त गरेका छन् भने स्वस्तिका लामिछाने ११ हजार ५४६ मत पाएकी छन् । त्यसैगरी मधेसीतर्फ पुनमकुमारी अग्रवालले सबैभन्दा धेरै १५ हजार ७४५ मत प्राप्त गरेकी छन् । त्यस्तै मुस्लिमतर्फ समिना मियाले सबैभन्दा धेरै १५ हजार ९६७ मत पाएकी छन् । थारूतर्फ प्रेमलाल चौधरीले सबैभन्दा धेरै १७ हजार ४२५ मत प्राप्त गरेका छन् । 

रास्वपाले शनिवारदेखि सोमबार बिहान ११ बजेसम्म समानुपातिक उम्मेदवार छान्न आन्तरिक मतदान गरेको थियो । आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रूप दिन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा रास्वपाको केन्द्रीय समितिको बैठक अहिले जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्