Logo
Logo

निर्वाचन आयोगमा ७ दलले बुझाए समानुपातिक सूची


1.6k
Shares

काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको सङ्ख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश गर्ने दलको सङ्ख्या ७ पुगेको हो ।

The current image has no alternative text. The file name is: elecrion.jpg

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । दलहरू आ-आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगका अनुसार हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी ९पुष्पलाल०, जसपा नेपाल र गतिशिल लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको छन् ।

नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले १ सय १० जनाको सूची बुझाएको छ । त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० र गतिशिल लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको सूची आयोगमा बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्