काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफू चुनाव लड्न नपाए प्रमुख नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रवि लामिछानेसमेतले चुनाव लड्न नपाउने बताएका छन् ।

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘रेशम चौधरीले चुनाव लड्न पाउँदैन भन्ने प्रश्न सबैभन्दा गलत र अन्यायपूर्ण हो । यदि मलाई चुनाव लड्नबाट रोक्ने हो भने केपी ओलीजी, प्रचण्डजी, शेरबहादुर देउवाजीले त चुनाव लड्न पाउनुहुन्छ रु कि रवि लामिछाने जेलबाट निस्किएर चुनाव लड्नुहुन्छ रु बालेन शाहज्यूले पनि चुनाव लड्नुहुन्छ ?’
उनले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमनको प्रतीक बताउँदै त्यसमा बगेको रगत सुक्न नपाउँदै प्रमुख नेताहरूले चुनाव लड्न पाउने तर थारु भएकै कारण आफूलाई रोक्ने कुरा अस्वीकार्य रहेको जिकिर गरे ।
‘जेन्जी आन्दोलनमा ७७ जना शहीद भए, धेरै घाइते अझै अस्पतालमा छन् । त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओली र सत्तागठबन्धनका नेताहरू शेरबहादुर देउवाले चुनाव लड्न पाउने, तर थारु भएकै कारण रेशमले नपाउने रु यो कस्तो न्याय हो ?’ उनले प्रतिप्रश्न गरे ।












