काठमाडौं । सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोग गर्न नैतिक रुपले पाइदैन । तर कर्मचारीहरु सामाजिक सञ्जाल नचलाई बस्न सक्दैनन । सरकारले यसलाई कस्न पनि सक्दैन र रोक्नपनि सक्दैन । निजामतिभन्दा सुरक्षा अंगमा सामाजिक सञ्जालमा अलि कडाई छ । उनीहरुले आचारसंहिता बनाएर कडाइ गरेका छन् ।

सुरक्षा मिडिया नीति बनाएकाले निजमाति कर्मचारीभन्दा अलि अनुशासित छन् । तर प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयराज सापकोटामाथि भने सामाजिक सञ्जालमा प्रयोग गरेको भाषालाई लिएर प्रहरी प्रधान कार्यालय नक्सालले विभागीय कारबाही गरेको छ ।
कार्य विभागको कार्य निर्देशनालय नक्सालमा रहेका सापकोटाले डिआइजी सरूवाको विषयमा स्टाटस लेखेपछि विभागीय कारबाही गरेको हो । मंसिर ७ गते प्रधान कार्यालयले तीन जना डिआइजीको सरूवा गरेको थियो । त्यस सरूवाप्रति असन्तुष्टि जनाउँदै सापकोटाले ‘हम कभी नहि सुध्रिंगे, नेपाल पुलिस डिजिआइपी पोष्टिङ’ भनेर फेसबुकमा स्टाटस लेखेका थिए । यही विषयलाई लिएर उनलाई कारवाही गरेको हो ।
विनोद घिमिरेलाई कोशी प्रदेशमा सरुवा गरेपछि उनले सामाजिक सञ्जालमा आपत्ति जनाएका थिए । लामो समय आफू कोशी प्रदेशमा रहेका सापकोटा कांग्रेस नेताका छोरा पनि हुन् । विराटनगरका स्थायी बासिन्दा रहेका सापकोटा पहिला यसैगरी सामाजिक सञ्जालममा असन्तुष्टि पोख्दै आएका थिए ।
राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा छिरेका उनी अब बढुवा हुँदैनन । उनका व्याचीहरु एआइजी रहेका छन् । उनी र उनीमध्ये केही डिआइजी रहेका छन् । डिआइजी भन्दा माथि बढुवा हुने अवस्था नदेखेका सापाकोटाले प्रहरी संगठनलाई आँच पु¥याउने गरी सामाजिक सञ्जालमा पोष्ट गरेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
प्रहरी नियमावली, २०७१ मा भएको प्रहरी आचरण सम्बन्धी व्यवस्था, नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति २०६०, नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यदेश २०७७ विपरीत रहेको भन्दै प्रधान कार्यालयले कारबाही गरेको हो ।
विभिन्न समयमा भएका परिपत्रहरूको विपरीत समेत भएको भन्दै प्रधान कार्यालयले विभागीय कारबाही गरेको हो । प्रधान कार्यालयले डिआइजी विनोद घिमिरेलाई कोशी प्रदेश, दिलिप सिंह देउवाको प्रदेश समन्वय विभाग र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दिपककुमार बस्नेतको सरूवा गरेको थियो ।












