काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।

तीनवटै दलले नागरिक उन्मुक्ति पार्टी नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् ।
जसपा नेतृ सुशीला श्रेष्ठका अनुसार तीन दलबीच यस विषयमा सहमति भइसकेको छ । उनले भनिन्, “हामीले एउटै चुनाव चिह्नमा समानुपातिक बन्द सूची बुझाउँदैछौं।”












