Logo
Logo

९ दलले मात्रै बुझाए समानुपातिकतर्फको बन्द सूची


2.3k
Shares

काठमाडौं । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा राजनीतिक दलले मात्र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवार बन्द सूची बुझाएका छन् ।

The current image has no alternative text. The file name is: nirwachan.jpg

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहे पनि दिउँसो ४स्३० बजेसम्म ९ दलले मात्रै सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार केही दलले भने बन्द सूची बुझाउनका लागि निस्सा लिइसकेका छन्, तर सूची भने अझै बुझाउन बाँकी छ ।

अहिलेसम्म बन्द सूची बुझाउने दलहरू-

नेपाल मजदूर किसान पार्टी – ११० उम्मेदवार
नेपाल लोकतान्त्रिक पार्टी – १२ उम्मेदवार
राष्ट्रिय जनमोर्चा – ११० उम्मेदवार

आज बन्द सूची बुझाउने दलहरू-

जनप्रिय लोकतान्त्रिक पार्टी – १२ उम्मेदवार
नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी-पुष्पलाल) – २० उम्मेदवार
गतिशील लोकतान्त्रिक पार्टी – ११ उम्मेदवार
जनता समाजवादी पार्टी, नेपाल – १०१ उम्मेदवार
समावेशी समाजवादी पार्टी – ३१ उम्मेदवार
समावेशी समाजवादी पार्टी, नेपाल – १२ उम्मेदवार

प्रतिक्रिया दिनुहोस्