काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ ।

घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने भएका छन् । १६ प्रतिशत भन्दा बढी समानुपातिकको हिस्सा लिने गरी सोमबार उनीहरूबिच सहमति भएको जनाइएको छ ।
आजमात्रै रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र घिसिङबिच सँगै निर्वाचनमा जाने सहमति भइसकेको छ ।












