Logo
Logo

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन


1.2k
Shares

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बीएनपीकी अध्यक्ष खालिदा जियाको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जियाको ८० वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो ।

खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन् । विगत २० दिनदेखि भेन्टिलेटरमा उपचाररत उनको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका छन् ।

सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी जिया पूर्व राष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन् । उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री समेत हुन्।

प्रतिक्रिया दिनुहोस्