Logo
Logo

विचारविहीनहरूले देश कब्जा गरेको हल्ला चलाए : प्रचण्ड 


693
Shares

काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टी(नेकपा) संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा केही व्यक्तिहरूले देश नै कब्जा गरिसक्यौँ भन्ने शैलीमा होहल्ला मच्चाइरहेको बताएका छन् । 

उनले यस्ता टिप्पणी गर्नेहरूलाई विचारविहीन, इतिहासविहीन, त्याग९तपस्या र बलिदान नभएका व्यक्तिहरूको रूपमा चित्रण गरेका छन् । रुकुमबाट १५ दिनको पैदल यात्रा गरी काठमाडौं पुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान तथा धन्यवाद ज्ञापन गर्न मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

उनले भने, ‘सोसल मिडिया हेर्‍यौँ भने विचार, इतिहास, त्याग, तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके जस्तो होहल्ला छ । सहरबजारका केही मानिसहरू त्यस्तै हल्लामा रमाइरहेका छन् ।’

प्रचण्डले दशकौंसम्म लडाइँ, आन्दोलन र त्याग९बलिदानको कीर्तिमान कायम गरेका नेताहरूलाई अहिले बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए । साथै, सामाजिक सञ्जालमा होहल्ला गर्नेहरूलाई नै मुक्तिदाता भनेजस्तो गरी सहरमा हल्ला फैलाइएको उनको भनाइ छ ।उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिसके भन्ने प्रचार जनताले नपत्याएको जिकिर गर्दै नेकपा र यसको विचारप्रति जनतामा अझै आकर्षण रहेको बताए ।

प्रचण्डले यो समय सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) को युग भएको बताउँदै यसको प्रयोगमा सचेत रहनुपर्नेमा जोड दिए । उनले भने, ‘एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्‍याइरहेको छ, तर यसको प्रभाव, प्रभुत्व र स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ । उनीहरूले जस्तो चाहन्छन्, त्यस्तै प्रयोग हुन्छ ।’ उनले मोबाइल आफैँले चलाएको र समाचार पोस्ट गरेको जस्तो लागे पनि त्यसको एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै हातमा रहेको बताए । उनीहरूले चाहेअनुसार नै प्रणाली बनाइएको उनको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्