Logo
Logo

कांग्रेस निर्वाचनबाट भाग्दैन, बरु हार्न तयार छ: शेखर कोइराला


441
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्न नसकेको टिप्पणी गरेका छन् ।

The current image has no alternative text. The file name is: shekhar-1.jpg

मंगलबार मोरङ समाज काठमाडौँको २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकमा तोकिएकै समयमा निर्वाचन हुनसक्ने अवस्था बने-नबनेको विषय गम्भीर प्रश्नका रूपमा उभिएको बताए । सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको भए पनि कमजोर शान्ति-सुरक्षा अवस्थाका कारण निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने चिन्ता कायमै रहेको उनको भनाइ थियो ।

नेता कोइरालाले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने, बरु हार स्वीकार गर्न पनि तयार रहने लोकतान्त्रिक पार्टी भएको स्पष्ट पार्दै निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्ने दायित्व सरकारको रहेको बताए ।

उनले निर्वाचनमा शान्ति-सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरी संगठनको मनोबल अत्यन्त खस्किएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

त्यसैगरी, २३ भदौमा भएको जेनजी आन्दोलनमाथि गरिएको प्रहरी दमन जति निन्दा गरे पनि कम हुने उल्लेख गर्दै उनले २४ भदौमा भएको विध्वंशलाई भने सामान्य रूपमा लिन नहुने बताए । सिंहदरबारजस्ता मुख्य प्रशासनिक भवनदेखि प्रदेशस्तरीय संरचना र नेताहरूका निजी निवाससमेत तोडफोड र आगजनीको चपेटामा परेको उल्लेख गर्दै उनले ‘जेनजी मात्रैले ६ घण्टाभित्र देशलाई खरानी बनाउन सक्दैन’ भन्ने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्