काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले देश जलाउने तत्वहरूबाट कांग्रेसलाई कुनै खतरा नरहेको टिप्पणी गरेका छन् ।

मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै दुष्टको धृष्टताभन्दा सज्जनको निष्क्रियताले समाजलाई बढी खतरा हुने बताए ।
नेता विश्वकर्माले २३ र २४ भदौमा भएका घटनाहरू नेपाल र नेपालीको हितमा नभएको उल्लेख गर्दै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतजस्ता राज्यका मुख्य संरचना तथा लोकतान्त्रीकरणका लागि संघर्ष गरेर निर्माण गरिएका धरोहरहरूमा आगजनी गर्नेहरूले देश निर्माण गर्न नसक्ने दाबी गरे ।
उनले देश जलाउने ‘लुसिफर’ र ठगीमार्फत पपुलिजमको खेती गर्नेहरूबाट कांग्रेसलाई खासै डर नरहेको स्पष्ट पारे ।












