Logo
Logo

शीतलहरले वीरगञ्जका विद्यालय थप तीन दिन बन्द


252
Shares


पर्सा । वीरगञ्ज महानगरले शीतलहर चलेसँगै तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आजदेखि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।

विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खेे बिदाबाट कट्टा हुनेगरी सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो ।

आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्