
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा युवा युवती मृत अवस्थामा फेला परेका छन् । आज बिहान वीरेन्द्रनगर नगरपालिका–४ को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम प्रकाश यादवले मृत भेटिएका उनीहरुको पहिचान हुन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।
प्रहरीका अनुसार उनीहरूको शव एकसाथ भने छैन । केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको प्रहरीले जनाएको छ ।












