काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ को निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

राप्रपा नेपालसँगको एकता घोषणासभामा सम्बोधन गर्दै लिङ्देनले देश जबरजस्त रूपमा निर्वाचनतर्फ तानिएको आरोप लगाए।
“अहिले मुलुक जबरजस्त रूपमा चुनावतर्फ धकेलिएको छ । यस्तो अवस्थामा राप्रपाका नेता तथा कार्यकर्ताको जिम्मेवारी छ कि हामी यस चुनावलाई आन्दोलनको रूपमा प्रयोग गर्नुपर्छ, आन्दोलनको एक हिस्सा बनाउनु पर्छ,” उनले भने ।
साथै लिङ्देनले फागुन २१ को निर्वाचनले कुनै स्थायी समाधान दिन नसक्ने पनि बताए ।












