काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिने मामिलामा भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पोखरा–२६ लेखनाथस्थित सामुदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा नक्कली सुकुम्बासीको नाममा दर्ता गरिएको आरोपमा पोखरेल, मालपोत अधिकृत रामचन्द्र अधिकारी र सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपालीमाथि मुद्दा चलाइएको हो ।
अख्तियारले जग्गा नक्कली विवरणमा दर्ता गरिएकाले भीमबहादुर विकलाई १ करोड ४० लाख रुपैयाँको हानी भएको दावी गरेको छ ।
तत्कालीन सामान्य प्रशासन मन्त्री र भूमिसम्बन्धी अधिकारसम्बन्धी अडियोमा समेत घुस र नियुक्ति प्रक्रियामा अनियमितता देखिएको कुरा सार्वजनिक भएको थियो।












