Logo
Logo

प्रचण्डदेव मृत्यु प्रकरण : भरूवा बन्दुकसहित ५ जना पक्राउ


1.1k
Shares

काठमाडौं । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । पुस १३ गते बिहान ९ बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित ६ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि अन्य पाँच जनालाई पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काले जानकारी दिए ।

अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्