Logo
Logo

आजबाट सञ्चालनमा आयो रसुवागढी नाका


504
Shares

काठमाडौं । रसुवागढी नाका करिब ६ महिनापछि आजबाट सञ्चालनमा आएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार आजदेखि सो नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएको हो ।

चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पुल गत असारमा बाढीले बगाएँसँगै रसुवागढी नाका अवरुद्ध बनेको थियो । बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाका २४ असारदेखि ठप्प थियो । चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै नाका खुलेको हो ।

बेलिब्रिज एकतर्फी र साँघुरो भएकाले पहिलाकै संख्यामा कन्टेनर आउने र त्यति नै संख्यामा उता पठाउन नमिल्ने भएको छ । पुलका कारण भारवहन क्षमता बढी भएका सवारीसाधन पनि आउने छैनन् । रसुवागढी नाकादेखि स्याफ्रुबेंसीसम्म करिब १६ किलोमिटरमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर लामो समय सडक अवरुद्ध थियो ।

प्रतिक्रिया दिनुहोस्