काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँसहितको टोलीसँग भेटवार्ता गरेकी छिन् ।

उनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त अभियानको टोलीसँग भेटवार्ता गरेको सचिवालयले जनाएको छ ।
भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी छन् । प्रसाईँ समूहले राखेका मागबारे थप छलफल गर्नका लागि आज वार्तामा बसेको हो ।












