काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विवाद चर्किएपछि सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले बिहीबार साँझ ५ बजे आफ्नो निवास महाराजगञ्जमा महामन्त्रीसद्वयलाई छलफलका लागि बोलाएका हुन् । सभापति देउवाले आजै बिहान उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए ।
नियमित महाधिवेशन तोकिसकेपछि विशेष महाधिवेशनमा जाने स्थिति नरहेको भन्दै विवाद समाधानका लागि सभापतिले महामन्त्रीसँग छलफल गर्ने लागेका हुन् ।












