Logo
Logo

प्रलोपा र क्रान्तिकारी अभियानबीच एकता


693
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबीच एकता भएको छ । 

शुक्रवार प्रगतिशील लोकतान्त्रिक पार्टीका निर्वाचन परिचालन तथा वार्ता संवाद समिति संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानका संयोजक दलसिंह खत्री मिसनले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

देशलाई प्रगति र अग्रगमनको दिशातर्फ लान लोकतान्त्रिक मूल्य सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशितालाई आत्मसात गर्दै राष्ट्रियताको संरक्षण सबल राष्ट्र सक्षम नागरिक समावेशी समृद्धिद्वारा सामाजिक न्याय स्थापनाको प्रक्रियाबाट समाजवादको बाटोतर्फ अगाडि बढ्ने प्रतिबद्धताका साथ एकता गर्न सहमत भएको सहमति पत्रमा उल्लेख छ ।

दुवैबीच ६ बुँदे सहमति भएको छ, जुन यस प्रकार छ:

१. जेन्जी जनआन्दोलनको अपनत्व लिई सम्पूर्ण सहिद तथा घाइते परिवारको मागहरू सम्बोधन गर्न पहल गर्ने

२. सुशासन र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता सहित राज्यका अङ्गहरू ९व्यवस्थापिका कार्यपालिका र न्यायपालिका० मा समेत पुनर्संरचना गर्न पहल गर्ने ।

३. दुई पार्टीबीच एकता गर्दा सचिवालयदेखि सम्पूर्ण तहमा सम्मानजनक प्रतिनिधित्व हुनेगरी साङ्गठनिक एकता गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधित्व हुने गरी उम्मेदवार तय गर्ने

४. यो सम्झौता बमोजिम आवस्यक विषय निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।

५. प्रगतिशील लोकतान्त्रिक पार्टीको सिद्धान्त नेतृत्व र चुनाव चिन्ह एकल खुलेको आँखामा गोलबद्ध भई सुशासन र लोकतन्त्र र परिवर्तनका पक्षमा एकताबद्ध हुन आह्वान गर्ने

६.  प्रगतिशील लोकतान्त्रिक पार्टीको नीति र नेतृत्वमा रही अध्ययन अनुसन्धान र उत्पादनको क्षेत्रमा जोड दिनका साथै सामाजिक विभेद गरिबी र भ्रष्टाचार समाज र राष्ट्रका शत्रु हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै त्यसका विरुद्ध सङ्घर्ष गर्ने ।

प्रतिक्रिया दिनुहोस्