काठमाडौं । हवाई इन्धनको भाउ घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । मूल्य समायोजन सँगै विभिन्न गन्तव्यको भाडा घटेको छ ।

नेपाल आयल नियमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सोही अनुसार आजदेखि हवाई भाडामा इन्धनको मूल्य घटेको हो ।
समायोजन भएको मूल्य अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा कम लाग्ने छ । धनगढीमा यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ ।
माउन्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ घटेको छ । काठमाडौं-भद्रपुर २ सय ४५ रुपैयाँ भाडा घटेको छ । क्षेत्रीय उडानमा भने अझ धेरै घटेको छ ।
कुन सेक्टरमा कति घट्यो फ्युल सर्चार्ज (रुपैयाँमा) ?
काठमाडौं–माउन्टेन फ्लाइट : २१०
काठमाडौं–भद्रपुर : १८०
काठमाडौं–विराटनगर : १४०
काठमाडौं–जनकपुर : ७५
काठमाडौं–पोखरा : ९५
काठमाडौं–भरतपुर : ६५
काठमाडौं–भैरहवा : १२५
काठमाडौं–नेपालगञ्ज : १९५
काठमाडौं–धनगढी : २६५
काठमाडौं–तुम्लिङटार : ११०
काठमाडौं–सिमरा : ५५
काठमाडौं–सुर्खेत : २१०
काठमाडौं–राजविराज : १२५












