काठमाडौं । सर्वोच्च अदालतले दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समेट्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरू हरि फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासले ‘कुनै दलहरूले बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश नगरेको भए सच्याएर समावेश गरी पेश गर्न लगाउन’ निर्वाचन आयोगका नाममा आदेश दिएको हो ।
विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्वको व्यवस्था भएपनि अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको भन्दै माधव प्रसाद चम्लागाईंले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।












