Logo
Logo

विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन गगनले गरे अस्वीकार


819
Shares

काठमाडौँ । विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको आग्रह महामन्त्री गगन थापाले अस्वीकार गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले राखेको प्रस्ताव महामन्त्री थापाले अस्वीकार गरेका हुन् ।

महाधिवेशनको कार्यसूची आइसकेकाले यस्तो बेलामा विशेष महाधिवेशन आवश्यक नभएको भन्दै विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गरेका थिए । त्यो अपिल थापाले अस्वीकार गरेका हुन् ।

बैठकमा महामन्त्री थापाले भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो । चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन ।’

पार्टी विधानको व्यवस्था र वर्तमान राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यसूची घोषणा भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने थापाले बताए ।

थापाले विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशिष्ट अधिकार भएको पनि बताए । उनले भने, ‘किन अहिले विशेष महाधिवेशन चाहियो भने महाधिवेशनको असाधारण अवस्था छ, तुरुन्त अधिवेशन गरेर इलेक्सनभन्दा अगाडि नेतृत्व फेर्नुपर्छ, नियमित अधिवेशनले यो आवश्यकतालाई सम्बोधन गर्न सक्दैन भने विशेष महाधिवेशन नै एकमात्र विकल्प हो ।’

प्रतिक्रिया दिनुहोस्