Logo
Logo

टोपबहादुरलाई थुनामा राख्ने जिल्लाको मिसिल झिकाउन उच्चको आदेश


1.2k
Shares

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश झिकाएको छ ।

उच्च अदालत पाटनका न्यायाधिश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रवार कैफियत प्रतिवेदन माग गर्ने र जिल्ला अदालतबाट मिसिल झिकाइ साथै राखेर पेश गर्न आदेश दिएको हो ।

नेपालीलाई भुटानी शरणार्थी भन्दै अमेरिका पठाएर करोडौँ ठगी गरेको आरोपमा रायमाझी हाल पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा छन् । जिल्ला अदालतले सुरुमा उनलाई थुनामा पठाएको थियो भने उच्च र सर्वोच्च अदालतले पनि त्यही आदेश सदर गरेको थियो । 

तर पछि उनले आफूलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै बन्दी प्रत्येक्षीकरणको निवेदन दिएका थिए । जसमा जिल्लाले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । त्यसविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका हुन् । उच्च अदालतले जिल्लाको मिसिल झिकाएर पेश गर्न भनेको हो । 

रायमाझीविरुद्ध ठगी, लिखित कीर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको कसुरमा थुनामा पठाउने आदेश भएको थियो । 

प्रतिक्रिया दिनुहोस्