Logo
Logo

काँग्रेसको विशेष महाधिवेशन : उद्घाटन समारोहमा ६ स्थानबाट र्याली, प्रतिनिधिहरू आउने क्रम सुरु


1.4k
Shares

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवशेन पक्षधरले उद्घाटन समारोहमा विभिन्न ६ स्थानबाट र्यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको छ । 

The current image has no alternative text. The file name is: congress-6.jpg

शुक्रवार काठमाडौंमा विशेष महाधिवेशनको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै विभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकता र्यालीसहित महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जानकारी दिएको हो । 

सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै नेता केसीले उद्घाटन सत्रमा पार्टीका सभापति लगायतका नेताहरू उपस्थित हुने विश्वास व्यक्त गरे । 

केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरूले पनि आफ्नो तयारी अन्तिम चरणमा पुराएको बताए । कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८ गते भृकुटिमण्डपमा विशेष महाधिवशेनको घोषणा गरेपछि विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम पनि सुरु भएको छ । 

अहिलेसम्म दुई दर्जन भन्दा बढी जिल्ला कार्य समितिले विज्ञप्ति नै निकालेर विशेष महाधिवेशनप्रति ऐक्यवद्धता जाहेर गरिसकेका छन् भने यो क्रमजारी रहेको छ । प्रतिनिधिहरुका लागि काठमाडौँको सुन्धारा, ठमेललगायतका होटलहरु बुक गरिएको छ भने महाधिवेशन स्थल भृकुटीमण्डपमा तयारीको काम तीव्र गतिमा जारी रहेको छ । विशेष महाधिवेशन पक्षधरले यसअघि हस्ताक्षर गरेको भन्दा करिब ५ सय बढी महाधिवेशन प्रतिनिधिहरूले सहभागिता जनाउने दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्