Logo
Logo

मोदीले ट्रम्पसँग कुरा नगरेका कारण व्यापार सम्झौता नभएको अमेरिकी दाबी भारतद्वारा खारेज


819
Shares

काठमाडौं । भारतले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको दाबीलाई झूटो भनेर खारेज गरेको छ ।

The current image has no alternative text. The file name is: modi-1.gif

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ मा आठ पटक कुरा गरेको जानकारी दिदै प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष कुरा नगरेका कारण भारत९अमेरिका व्यापार सम्झौता हुन सकेन भन्ने अमेरिकी वाणिज्य सचिव लुटनिकको दाबीलाई झूटो भनेर खारेज गरेका हुन् ।

विदेश मन्त्रालयको साप्ताहिक मिडिया ब्रीफिंगमा उनले भने-‘हाम्रा प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पले २०२५ मा आठ पटक फोन वार्ता गरेका थिए, जसको क्रममा दुई नेताहरूले हाम्रो व्यापक साझेदारीको बारेमा छलफल गरेका थिए ।’

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको टिप्पणीको बारेमा, रणधीर जयसवालले भने,’हामीले यी टिप्पणीहरू देखेका छौँ । भारत र अमेरिका गत वर्ष फेब्रुअरी १३ देखि द्विपक्षीय व्यापार सम्झौताको वार्ता गर्न प्रतिबद्ध छन् । त्यसबेलादेखि, दुई पक्षले सन्तुलित र पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतामा पुग्न धेरै चरणका वार्ताहरू गरेका छन् । धेरै अवसरहरूमा, हामी सम्झौताको धेरै नजिक पुगेका छौँ ।’

उनले टिप्पणीहरूका विवरण गलत भएको र दुई पूरक अर्थतन्त्रहरू बीच पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई निष्कर्षमा पुर्‍याउन तत्पर रहेको बताएका छन् ।

प्रवक्ता रणधीर जयसवालले अमेरिकाले भारतविरुद्ध ५०० प्रतिशत कर लगाउन सक्ने कानुन बनाउन लागेको विषयमा जानकार रहेको बताए । उनले भने, ‘हामीलाई प्रस्तावित विधेयकको बारेमा थाहा छ र यस विषयमा विचार गरिरहेका छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्