Logo
Logo

१० प्रतिशत बढी प्रतिनिधिले गराए नाम दर्ता


504
Shares

काठमाडौं ।  नेपाली कांग्रेसको आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने विशेष महाधिवेशनमा १० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

The current image has no alternative text. The file name is: cccc.jpg

बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा अहिलेसम्म १० प्रतिशत बढीले नाम दर्ता गराएका हुन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा  कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । 

७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले नाम दर्ता गर्न प्रतिनिधिको लामो लाइन रहेको छ । 

विशेष महाधिवेशनको उद्घाटनअघि सहभागीहरूले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन् । महाधिवेशन आयोजक समितिका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ। उद्घाटनअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्