काठमाडौं। कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ ।

राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा अरू सबै नेताहरूलाई अतिथि बनाइएको छ । महाधिवेशनमा महामन्त्री गगन थापासहितका नेताहरूको सहभागिता रहेको छ । विशेष महाधिवेशनमा बहुमत महाधिवेशन समिति सदस्य रहेको दाबी गरिएको छ ।












