Logo
Logo

विश्व-गगनले गरे विशेष महाधिवेशनको उद्घाटन


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित पार्टीको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

The current image has no alternative text. The file name is: gagan-thapa-1.jpg

महाधिवेशनको महामन्त्रीद्वय थापा र शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले बिरुवामा पानी सिञ्चित गर्दै विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् ।

पानसमा बत्ती बाल्दै उनीहरूले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए । पार्टीको नियमित महाधिवेशन समयमै हुन नसक्ने परिस्थिति बनेपछि दुई महामन्त्रीको आह्वानमा यो विशेष महाधिवेशन आयोजना गरिएको हो ।

महाधिवेशन आयोजक समितिका अनुसार दिउँसो १ बजे उद्घाटन सत्र सुरु गर्ने तालिका रहे पनि कार्यक्रम केही ढिला गरी सुरु भएको थियो । यस्तै, प्रतिनिधिहरूको नाम दर्ताका लागि आठ वटा ‘स्टल’ को व्यवस्था गरिएको छ। बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु गर्ने भनिए पनि ९ बजेदेखि मात्र नाम दर्ता सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्