काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । महामन्त्री गगन थापासहितका नेताहरू अहिले भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पुगेका छन् ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित महाधिवेशनको उद्घाटन सत्र सुरु भएको हो । पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन । दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ । जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ ।












