Logo
Logo

साँझ ५ बजेसम्म २ हजार ३५ जनाले गरे नाम दर्ता


756
Shares

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र जारी छ ।

The current image has no alternative text. The file name is: congress-10.jpg

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन आह्वान गरेका हुन् । सभापति सहित संस्थापन समूहका नेताहरूले यसलाई ढिला पार्ने प्रयास गरेपछि, महामन्त्रीद्वयले स्वेच्छाले विशेष महाधिवेशनको आह्वान गरेका थिए ।

विशेष महाधिवेशन स्थलमा बिहान ८ बजेदेखि नाम दर्ताको काम सुरु भएको थियो । सचिवालयका अनुसार साँझ ५ बजेसम्म २ हजार ३५ जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् । नाम दर्ता शुल्क एक हजार तोकिएको छ ।

महाधिवेशन स्थलको मुख्य गेट नजिकै रहेको स्टलमार्फत प्रतिनिधिहरूले दर्ता प्रक्रिया पूरा गरी सहभागिता कार्ड प्राप्त गरिरहेका छन् । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले यस प्रक्रिया सम्बन्धमा जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्