
काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकमै कायममुकायम प्रमुख कार्यकारी रहेका उनलाई सीईओ नियुक्त गरेको हो ।
कार्यकाल २५ गतेदेखि सुरु भइसकेको छ भने उनले चार वर्षसम्म कार्यभार सम्हाल्नेछन् । बैंकिङ क्षेत्रमा उनको ३६ वर्ष लामो अनुभव रहेको छ । सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न पदमा रहेर काम गरेका बस्यालल सन् २००५ यता उनी सिद्धार्थ बैंकमा आबद्ध थिए ।
बैंकमा उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा भूमिका निर्वाह गरिसकेका छन्। बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनले विशेष योगदान दिएको बैंकले जनाएको छ ।












