Logo
Logo

नातावाद रोक्न शर्माले ल्याए प्राइमरी इलेक्सनको प्रस्ताव


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र प्रतिनिधित्वमा नातावाद झल्किएको भन्दै त्यसलाई रोक्न प्राइमरी इलेक्सन गर्नुपर्ने प्रस्ताव ल्याएका छन् ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गर्दै नातावादले पार्टीभित्र चर्को आलोचना भइरहेको स्वीकार्दै उम्मेदवार चयन गर्न प्राइमरी इलेक्सनको प्रस्ताव अघि सारेका हुन् ।

एकाघरका सदस्य (मुलतः श्रीमान/श्रीमती) एकैपटक एउटै तहको जनप्रतिनिधि बनेको विषय नागरिक पंक्तिमा आलोचित र अलोकप्रिय बनेको उनले उल्लेख गरेका छन् ।

उनले प्रस्तावमा भनेका छन्, ‘पार्टी भित्रको आन्तरिक सुशासनमा प्राय प्रश्न उठ्ने गरेको विषय हो- पार्टीका उम्मेदवारहरू चयनमा रहेको परम्परागत प्रणाली । हामीले उम्मेदवार चयनका लागि लोकप्रियता, योग्यता र न्यायको मिश्रण सहितको नयाँ पद्धति विकास गर्न सकेका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्