Logo
Logo

देउवासँगको भेटपछि शशाङ्कले भने-पार्टी फुट्दैन, मिल्ने प्रयास हुँदै छ


882
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् । 

The current image has no alternative text. The file name is: sasanka-koirala-hitnepal.jpg

सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सहमतिको प्रयास भइरहेको बताउँदै  कोइरालाले भने, ‘मिल्नका लागि प्रयास हुँदै छ । पार्टी कुनै हालतमा ‘ब्रेक’ (विभाजन) गर्नु हुँदैन भन्ने हाम्रो धारणा हो ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि कांग्रेसमा पार्टी  विभाजन हुने हो की भन्ने तरङ्ग पैदा  भएको छ । यही सन्दर्भमा संस्थापन र असन्तुष्ट पक्षबीच सहमतिको विन्दु खोज्न नेताहरू सक्रिय भएका छन् । सोही क्रममा कोइरालाले सभापति देउवासँग छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्