Logo
Logo

वैधानिक संकट देखिएपछि कानुनी परामर्शमा देउवा


3.6k
Shares

काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनसमेत गर्न अघि बढेपछि सभापति शेरबहादुर देउवाले कानुनविद्‍हरुसँग परामर्श थालेका छन् ।

बहुमत महाधिवशेन प्रतिनिधि आफ्नो विपक्षमा देखिएपछि वैधानिक संकटमा पर्ने भएपछि देउवाले आफू निकट नेता र कानुनविद्लाई सँगै राखेर छलफल थालेका हुन् ।

निजी निवास महाराजगन्जमा देउवाले शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेतालाई राखेर कानुनी परामर्श थालेका हुन् ।

देउवाले बोलाएको बैठकमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती नेतृत्वमा कानुनविद्हरु पुगेका हुन् । अर्का कानुनविद् योगेन्द्रबहादुर अधिकारी पनि सहभागी भएको स्रोतले जानकारी दिएको छ । बैठकमा शेखर पक्षका मीनेन्द्र रिजाल, जीवन परियार लगायतका नेता सहभागी भएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ उन्मुख बनेको छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारदेखि काठमाडौँमा जारी महाधिवेशनअन्तर्गत अहिले भृकुटीमण्डपस्थित हलमा बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेस गरेका छन् भने अर्का महामन्त्री थापाले पनि प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

बन्दसत्रले पारित विशेष महाधिवेशन सञ्चालन कार्यविधि २०८२ पारित गरेको छ। जसमा महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव र केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन लगायतका व्यवस्था छन् ।

उक्त कार्यविधिमा उल्लेख भएअनुसार बन्दसत्रमा महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति भंग गरी अर्को नियमित महाधिवेशन नहुन्जेलसम्मका लागि नयाँ कार्यसमिति चयनको प्रस्ताव गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्