
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी चुनाव नलड्ने घोषणा गरेका छन् । २०४८ सालदेखि दार्चुलाबाट चुनाव लड्दै आएका पूर्वमन्त्री समेत रहेका बडूले वक्तव्य जारी गर्दै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।
उनले पार्टीको उम्मेदवार जिताउन लाग्ने प्रतिबद्धता जनाएका छन् । बडूलाई दार्चुलाबाट कांग्रेसले उम्मेदवारको लागि एकल नाम सिफारिस गरेको थियो । तर, उनले भने चुनावमा उम्मेदवार नै नबन्ने निर्णय गरेका हुन् ।













