काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

केही दिन अघि नै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर आयोग पुगेको एक अधिकारीले बताए । तर, आयोगले अध्ययन भने गरेको छैन ।
विशेष महाधिवेशनको माग गर्दै ३ महिनाअघि ५४ प्रतिशतले पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका थिए । हाल कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।
विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया नै अघि बढाएपछि संस्थापन समूहले भने यसलाई रोक्न छलफल डाकेको छ । छलफलमा पार्टी सभापित देउवा समूह, नेता शेखर कोइराला समूह र विशेष महाधिवेशन समूहका नेताहरू सहभागी छन् ।
त्यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक पनि जारी छ ।












