Logo
Logo

भक्तपुर क्यान्सर अस्पतालमा निर्देशक चालिसेको मनोमानी


819
Shares

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा निर्देशक उज्ज्वल चालिसेको मनोमानी चल्न थालेको छ । अस्पतालको आज बोर्ड बैठक राखेर केही चिकित्सकहरूको बढुवा गर्ने र केहीको नयाँ नियुक्तिको तयारी भइरहेको छ । 

सामान खरिदको विषयमा अख्तियारले छानबिन गरिरहेका बेला निर्देशक चालिसेले बैठक राखेर आजै बढुवा र नियुक्तिको प्रक्रिया सुरु गर्न लागेको स्रोतको दाबी छ । ‘आज बैठक छ, बढुवा र नियुक्तिको तयारी छ’, स्रोतले भन्यो ‘तीन बजेतिर बैठक बस्दै छ ।’

लागत मूल्य भन्दा बढीको सामान खरिद गरी त्यसको भुक्तानी गर्न कर्मचारीलाई दबाब दिएपछि अहिले त्यहाँ कर्मचारी बृत्तमा भागाभाग चलिरहेको छ । चालिसेलाई तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सिफारिसमा मन्त्रिपरिषद्बाट नियुक्त गरिएको थियो । 

उक्त नियुक्ति मन्त्री प्रदीप पौडेलको आर्थिक लेनदेनका कारण नौ तहको लाई निर्देशकमा नियुक्ति गरिएको स्रोतको दाबी छ ।  कानुन विपरीत गठनादेश विपरीत अस्पतालका जुनियर डाक्टरलाई निर्देशकमा नियुक्त गरेको बिना कुनै प्रतिस्पर्धा नियमले प्रतिस्पर्धा तीनजना हुनुपर्ने हो । साथै आफ्नो र प्रशासनको कर्मचारीहरूको तलब भत्ता नेपाल सरकारको नियम विपरीत आफ्नो खुसीले भुक्तानी लिएको छन् । 

अस्पतालमा करार ज्यालादारी चाहिनेभन्दा धेरै कर्मचारीहरू नियुक्ति गरिएको छ । खरिद प्रक्रियामा पनि त्यस्तै अनियमितता गरिएको छ । गत आर्थिक वर्षमा खरिद गरिएका सबै सामानहरू स्पेस लक गरेर एक जना व्यक्तिको कम्पनीलाई मात्रै हुने गरी सामान खरिद टेन्डरमा गरिएको थियो । 

सुर्खेतमा ६५ लाखमा खरिद गरिएको न्युरो माइक्रो स्कोप गत आर्थिक वर्षमा भक्तपुर क्यान्सर हस्पिटलमा सोही मेसिन १ करोड २५ लाखमा खरिद गरिएको छ । वेस्ट म्यानेजमेन्ट मेसिन गत आर्थिक वर्ष २ करोड ३० लाखमा टेन्डर प्रक्रिया लगेर  दोब्बर रकममा एउटा कम्पनीलाई मात्र स्पेस लक हुने गरी तयार पारिएको  सम्झौता गर्न लाग्दाखेरि लेखाले भुक्तानी गर्न सकिन्न भनेपछि  विरोध भएपछि मिसिन अस्पतालमा थन्काएर राखिएको  छ ।  वेस्ट म्यानेजमेन्ट सिस्टममा हाल अख्तियारले छानबिन गरिरहेको छ । ल्याबको सामानमा पनि नचाहिने मेसिनहरू पनि जम्मा गरेर आर्थिक प्रलोभनका कारण थन्काएर राखिएको छ ।

३० लाखसम्मको कोटेसन एउटै कम्पनीलाई दिइएको छ । जब कि १० लाख भन्दा माथि कुनै पनि कम्पनीलाई एउटैलाई दिन मिल्दैन १ लाखमा आउने सामान सामानहरू ६ लाखसम्म खरिद कर्मचारीहरू तथा निर्देशकको मिलेमत्तमा खरिद गरिएको पाइएको छ। र अहिले यस आर्थिक वर्षमा पेट कअबल भन्ने मेसिन २२ करोडको एउटा कम्पनीलाई मात्र दिने गरी स्पेक्क तयार गरिएको र पैसा नेपाल सरकारले फिर्ता लिने डरले चाँडो चाँडो भन्दा चाँडो टेन्डरमा लान लागिएको छ । उक्त मेसिनको लागि राख्ने ठाउँ छैन । 

मेसिनका लागि अस्पतालसँग जग्गा उपलब्ध छैन। र डाक्टर चालिसेले मन मनमैजी तरिकाले कर्मचारी भर्ती आफू निकट कर्मचारी डाक्टरहरूको प्रमोसन गरिरहेको छन् । सप्लाएर कम्पनीहरूको स्पन्सरमा छ महिनामा दुई पटक विदेश सेयर गर्ने गरेका छन् ।

न्युरो माइक्रो स्कोपको विषयमा जवाफ चित्त बुझ्दो नभएको १ करोड ४ लाखमा खरिद गरिएको छ । ५४ लाख पर्ने उपकरण यो भन्सारबाट पनि प्रमाणित हुन्छ कति हिनामिना भ्रष्टाचार भएको छ भन्ने, अख्तियारले कसरी लिन्छ यो विषयमा हेर्न बाँकी छ भक्तपुर क्यान्सर हस्पिटल डुब्ने अवस्थामा पुगेको छ । निर्देशकको कारणले २५ करोड सप्लाएर कम्पनीहरूलाई तिर्न बाँकी छ । तर निर्देशक आफ्नै मन मोजमा लागेको कर्मचारीहरूले बताएका छन् । 

पैसा खर्च गर्न तलब तलब खुवाउन जथाभाबी कर्मचारी भर्ती गरेर तलब दिइरहेछन् आफ्नो खुसी तलब तोक्दै बाँडिरहेका छन् । विभिन्न कन्फरेन्समा अस्पतालको रकम उडाइरहेकोमा कर्मचारीले असन्तुष्टि जनाएका छन् ।  त्यही कारण लेखा अधिकृत तीन महिनामै सरुवा मागेर  हिँडिसकेको छन्  । पुराना कर्मचारीहरू काम गर्ने अवस्थामा छैनन् ।  नेपाल सरकारका कर्मचारीहरू कोही पनि बस्न मानिरहेका छैनन् । भ्रष्टाचारमा मुछिने डरले कर्मचारीहरू कार्यालयमा बस्न डराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्