
काठमाडौं । सिन्धुलीको नेपाल एसबीआई बैंक लुटपाटमा संलग्नमध्ये चार जना पक्राउ परेका छन् ।
मंगलबार साँझ करिब ७ बजेतिर ६ जनाको नकावधारी समूहले सुरक्षा गार्डमाथि कुटपिट गर्दै नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखाबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेको थियो । जसमा ४ जना पक्राउ परेका हुन् ।
उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ । स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको र अन्य लुटेरा तथा रकमको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












