
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेको छ ।
विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि संस्थापनले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी गरेको हो ।
कारबाहीबाहेक अरु विकल्प नरहेको निष्कर्ष निकाल्दै कारबाहीको तयारी भएको संस्थापन समूहका एक नेताले जानकारी दिए । निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरे लगत्तै कारबाहीको पत्र पठाइने संस्थापनका ती नेताको भनाइ छ ।
गगन थापाले सभापतिमा, विश्वप्रकाश र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवार दर्ता गराएका छन । निर्वाचन समितिले १ बजे अन्तिम नामावली सार्वजनिक गर्दैछ ।












