धरान । प्रधानमन्त्री बन्ने घोषणा गर्दै ‘श्रम संस्कृति पार्टी’ गठन गरेका धरानका मेयर हर्क साम्पाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारलाई टिकट वितरण गरिरहेका छन् ।

मेयर साम्पाङले प्रत्यक्षतर्फका उम्मेदवारलाई धरानमै बोलाएर पार्टीको सम्पर्क सचिवालयबाट टिकट प्रदान गर्दै जिल्लातर्फ पठाइरहेका छन् । पार्टीले देशभर प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेको जनाएको छ।
पार्टीका महासचिव आरेन राईका अनुसार कोशी प्रदेश ९प्रदेश नं. १० र बागमती प्रदेश ९प्रदेश नं. ३० का अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगिसकेका छन् । ‘बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार छनोटको प्रक्रिया अन्तिम चरणमा छ,’ उनले भने ।
साम्पाङले टिकट दिएका उम्मेदवारहरूः
धनकुटा – सानबहादुर राई
काठमाडौं–१ – समीर तामाङ
काठमाडौं–७ – मणिराम प्रधान
झापा–१ – केबलराम राई
झापा–२ – केशब भण्डारी
झापा–३ – दीपक तिम्सिना
झापा–४ – अमृता राई
रामेछाम – ढालबहादुर मगर
ताप्लेजुङ – सन्तोष राई
पाँचथर – ब्रबिम शेर्मा
संखुवासभा स् उमा राई
उदयपुर–२ स् बलराज राई
भोजपुर स् ध्रुब राई
मोरङ–१ स् शान्ति पाख्रिन
सोलुखुम्बु स् बियस राई












