Logo
Logo

नेपाल सद्भावना, जनअधिकार र आजपाबीच औपचारिक एकता


756
Shares

३० पुस, काठमाडौं । नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी नेपाल र आम जनता पार्टी (आजपा) बीच औपचारिक एकता भएको छ।

The current image has no alternative text. The file name is: ajapa.jpg

एकीकरणपछि पार्टीको नाम आजपा नै कायम गरिएको छ भने चुनाव चिह्न मोबाइल छाप यथावत् राखिएको छ। आजपाको अध्यक्षमा प्रभु साह रहँदै आएका छन् । नेपाल सद्भावना पार्टीको नेतृत्व रामकुमार महतो र जनअधिकार पार्टी नेपालको नेतृत्व इमदाद गद्दीले गर्दै आएका थिए ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले एकीकरणमा सहभागी नेताहरूलाई स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यका लागि शुभकामना दिएका छन् ।

आजपा प्रवक्ता चन्द्रभुषण साहका अनुसार, नेपाल सद्भावना पार्टी र जनअधिकार पार्टीका सम्पूर्ण कमिटी आजपामा समाहित भएका छन् । यसअघि आजपाले जनादेश पार्टी, लघुवित्त पीडित संघर्ष समिति, सहकारी पीडित संघर्ष समिति लगायतसँग गठबन्धन गर्दै चुनावी तयारी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्