Logo
Logo

आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री


756
Shares

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा २ डिग्री सेल्सियस बढेको छ ।

आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो पुस ३० गते (बुधबार) यो समय काठमाडौंको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो ।

पछि बिहान ८ः४५ बजे अझ घटेर बुधबार काठमाडौंको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस कायम भएको थियो । आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा पुनः मापन हुनेछ ।

त्यतिबेला काठमाडौंको न्यूनतम तापक्रम सुरुवातीभन्दा घट्ने सम्भावना हुन्छ । मौसम विभागले हरेक दिन काठमाडौंसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्