Logo
Logo

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठक सुरु


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

बिहीबार ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । बैठकमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य उपस्थित रहेका छन् ।

गएराति थापाको नेतृत्वमा विशेष महाधिवेशनले केन्द्रीय कार्यसमिति गठन गरेको थियो । केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे रहेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले समसामयिक राजनीतिकसँगै आउँदो प्रतिनिधि सभाको निर्वाचनबारे निर्णय गर्ने एजेन्डा रहेको छ । बैठकको निर्णय लिएर आजै निर्वाचन आयोग जाने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्