काठामाडौं । झापामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि एउटा घर खोजिएको छ ।

रास्वपा जिल्ला सभापति प्रकाश पाठकका अनुसार सम्पर्क कार्यालयका लागि एउटा घर छनोट गरिएको हो । उनका अनुसार दमक ३ मा घर फाइनल गरेको छ । तर, बालेनको टिमले भने हेर्न बाँकी छ ।
सम्पर्क कार्यालयसँगै बालेन बस्ने र सचिवालयका लागि अर्को घर पनि खोजी भइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न बालेन झापा जान लागेका हुन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा बालेनले झापा ५ बाट चुनाव उठ्ने तयारीमा छन् ।











