Logo
Logo

कांग्रेसले गगन, विश्व र फरमुल्लाको नाम वेबसाइटबाट हटायो


945
Shares

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ ।

कांग्रेसको संस्थानप पक्षले १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो । उनीसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ ।

भृकुटीमपण्डामा बुधबार सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए । त्यसअघि उनीहरूलाई बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्री थापासँगै ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्