Logo
Logo

गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा


567
Shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

The current image has no alternative text. The file name is: gagab-Biswaprakash.jpg

आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अद्यावधिकका लागि सहमहामन्त्री डिला संग्रौला सहितका नेताहरू निर्वाचन आयोग पुगेका हुन् । सभापतिसहित पदाधिकारीहरू समेत आयोगमा आउनेक्रममा जारी रहेको संग्रौलाले बताए । 

केन्द्रीय समिति बैठकले पार्टीको सबै विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आज निर्वाचन आयोगलाई विवरण बुझाउन र जानकारी गराउन लागिएको हो । 

बुधवार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ । उता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ ।

देउवा नेतृत्वको कांग्रेसले पत्र पठाउनुभन्दा पहिले नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको पत्र पठाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्